विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ७५.२५ प्रतिशत उत्तीर्ण
काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ७५.२५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।
२०४ जनाले परीक्षा फारम भरेको र २०२ जना परीक्षामा सहभागी भएकोमध्ये १५२ जना अर्थात् ७५.२५ प्रतिशत चिकित्सक उत्तीर्ण भएको काउन्सिलका प्रवक्ता तथा रजिस्ट्रार डा.सतीशकुमार देवले जानकारी दिए ।
परीक्षामा सहभागी ५० जना चिकित्सकले चिकित्साशास्त्रतर्फको स्नातकोत्तर तह परीक्षा पास गरे पनि विशेषज्ञ लाइसेन्स परीक्षामा भने अनुत्तीर्ण भएका छन् ।
नेपाल मेडिकल काउन्सिलले विशेषज्ञसहित स्नातक तह (एमबिबिएस र बिडिएस) चिकित्सकको नाम दर्ता (लाइसेन्स) परीक्षा वर्षको तीनपटक लिने गरेको छ ।
आगामी विशेष परीक्षा चैत १९ र २० गतेका लागि तोकिएको काउन्सिलले जनाएको छ। परीक्षाको नतिजा नेपाल मेडिकल काउन्सिलको वेबसाइटमा नाम र सिम्बोल नम्बर इन्टर गरेर हेर्न सकिन्छ ।
ताजा अपडेट
-
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ


प्रतिक्रिया