नदी कटान नियन्त्रण आयोजना निर्माण सुरु
म्याग्दी– बेनी नगरपालिका–८ कालीपुल र पर्वतको जलजला गाउँपालिका–३ बगरफाँटको सिमाना भएर बग्ने कालीगण्डकी नदीको कटान नियन्त्रण आयोजना निर्माण सुरु भएको छ ।
गण्डकी प्रदेश जलस्रोत तथा सिँचाइ व्यवस्थापन आयोजना कार्यालयले दुई करोड ९८ लाखको लागतमा आयोजना निर्माण थालेको हो ।
आयोजनाका इन्जिनियर नरजङ गुरुङका अनुसार नदी किनारमा ८० मिटर लामो ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माण हुनेछ । भुइँमा चार मिटर चौडा र तीन मिटर अग्लो ‘कङ्क्रिट’ र त्यसमाथि ‘ग्याबिन’ पर्खाल पनि बनाइने छ ।
आयोजना पूरा भएपछि कालीपुल क्षेत्रको बस्ती बाढीबाट जोगिने छ ।
ताजा अपडेट
-
विपदबाट बच्न मनसुन अवधिभर सावधानी अपनाउन आग्रह
-
आज देशैभर पुष्पलाल स्मृति दिवस मनाइँदै
-
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने


प्रतिक्रिया