सुनको मूल्य घट्दा चाँदीको बढ्यो
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ ।
२ सय रुपैयाँले घटेर आज २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार ४ सय रुपैयाँ कायम भएको थियो ।
यस्तै, चाँदीको मूल्य भने बढेको छ । ५० रूपैयाँले बढेर आज ३ हजार ६०५ रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला ३ हजार ५५५ रुपैयाँ कायम भएको थियो ।
ताजा अपडेट
-
भोटेकोशी बाढी : उद्धार, राहत र विद्युत् पुन:स्थापनामा जुट्यो मन्त्रालय
-
भोटेकोशी बाढी : १ हजार ३४४ शव फेला, ८९८ जना अझै सम्पर्कविहीन
-
पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित
-
मुग्लिन–काठमाडौं सडक साँझ ६ बजेसम्म बन्द
-
हेटौँडा–काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी


प्रतिक्रिया