समानुपातिकतर्फ एकै दिन दर्ता भए ३३ दल
काठमाडौँ । समानुपातिकतर्फ निर्वाचन प्रयोजनका लागि एकै दिन ३३ दल दर्ता भएको छ ।
आजबाट समानुपातिकतर्फ निर्वाचन प्रयोजनका लागि दल दर्ता खुलेको छ । यही मंसिर २३ गतेसम्म समानुपातिक तर्फको निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिन सकिन्छ ।
आइतबार पहिलो दिन समानुपातिकतर्फ निर्वाचन प्रयोजनका लागि ३३ दलले दल दर्ताको निवेदन दिएका हुन् । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्राप्त भएका निवेदन उपर अध्ययन गरी मंसिर २६ गतेसम्म स्वीकृत गरिनेछ ।
आगामी पुस १३ र १४ गते समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची पेश गर्ने समय तोकिएको छ ।
प्रारम्भिक सूची माघ ४ गते प्रकाशित गर्ने तालिका छ । प्रारम्भिक सूची उपर दाबी विरोध र उजुरीको छानबिन गरी माघ २० गते बन्द सूचीको अन्तिम प्रकाशन हुनेछ ।
विद्यमान कानुन अनुसार प्रतिनिधि सभाका २७५ सदस्यको चयन प्रत्यक्ष र समानुपातिक गरी दुई प्रणालीबाट हुनेछ ।
प्रतिनिधि सभामा १६५ सदस्यको प्रत्यक्ष र बाँकी ११० सदस्यको चयन एक समानुपातिक प्रतिनिधित्वद्वारा गरिने कानूनी व्यवस्था रहेको छ ।
प्रत्यक्षतर्फको भने आगामी माघ ६ गते उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका छ ।
ताजा अपडेट
-
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ


प्रतिक्रिया