समानुपातिक निर्वाचनमा भाग लिन ६७ दल दर्ता
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीमा भाग लिनका लागि ६७ दलले निवेदन दर्ता गराएका छन् ।
समानुपातिक निर्वाचन प्रणालीमा भाग लिनका लागि आइतबारदेखि निवेदन खुला गरिएकोमा पहिलो दिन ३३ दलले निवेदन दर्ता गराएकोमा दोस्रो दिन ३४ दलले निवेदन दर्ता गराएको आयोगले जनाएको हो ।
दर्ता सूची अनुसार दोस्रो दिन नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा) लगायतका दलले निवेदन दर्ता गराएका आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार पहिलो दिन आइतबार नेपाली काँग्रेस लगायतका ३३ दलले निवेदन दर्ता गराइसकेका छन् ।
दर्ता हुनेमा पहिलो नम्बरमा देश विकास पार्टी रहेको छ भने अन्तिम नम्बरमा संघीय नेपाल पार्टी रहेको छ ।
ताजा अपडेट
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरसँग रास्वपा सभापति लामिछानेको भेट
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
मौसममा पश्चिमी प्रणाली सक्रिय, वर्षा साथै यी ठाउँमा अचाक्ली गर्मी बढ्ने
-
नेपालगन्ज भन्सारः दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन


प्रतिक्रिया