NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले गरे पार्टीभित्र चुनाव नलड्ने घोषणा

काठमाडौँ -नेकपा एमालेका उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले पार्टीभित्र चुनाव नलड्ने घोषणा गरेका छन्।

काठमाडौंको भृकुटीमण्डपमा आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनीहरूले पार्टीभित्र चुनाव नलड्ने घोषणा गरेका हुन्। शाक्यले भनिन्, ‘म अब चुनाव उठ्दिनँ। मैले जे गर्दा पार्टी बलियो बन्छ, त्यही गर्ने प्रयत्न जारी रहन्छ।’ आफू नभई पार्टी चल्दैन भन्ने कुराबाट मुक्त हुनुपर्ने उनको भनाइ थियो।

यस्तै युवराज ज्ञवालीले आफू चुनाव नलड्ने तर पार्टीमा सक्रिय भइरहने बताए।

ताजा अपडेट

नेपालवाच विशेष