एमालेमा नयाँ नेतृत्व चयनका लागि आज मतदान
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । काठमाडौँको भृकुटीमण्डपमा आज दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ ।
अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धामा छन् । महासचिव पदमा ओली पक्षबाट शंकर पोखरेल र ईश्वर पोखरेल पक्षबाट सुरेन्द्र पाण्डे उम्मेदवार छन् ।
एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोगमार्फत निर्वाचन गर्न लागेको छ ।
केन्द्रीय निर्वाचन आयोगकाका अध्यक्ष डा. विजय सुब्बाले ८० वटा मेसिनबाट मतदानको व्यवस्था गर्न लागिएको बताए । २ हजार २ सय ६३ महाधिवेशन प्रतिनिधि निर्वाचनमा भाग लिँदैछन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया