आजदेखि बाघ गणना हुँदै
काठमाडौँ । आजदेखि शुरु भएको पाँचौं राष्ट्रिय बाघ गणना अन्तर्गत चितवन, पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटा र लालझाडी करिडोरका बाघ गणना शुरु हुँदैछ । वैज्ञानिक विधिबाट तीन वटा ब्लकका बाघको गणना हुन लागेको हो ।
गणनाका लागि २ हजार ३ सय स्वचालित क्यामरा प्रयोग गरिँदैछ भने ८ हजार ४ सय वर्ग किलोमिटर क्षेत्रका बाघको संख्या, बासस्थान र आहाराबारे अध्ययन र अनुगमन हुन लागेको हो ।
सन् २०२२ मा १ हजार ८ सय ४३ क्यामरा प्रयोग गरिएको थियो । बाघको गणना चैतसम्म चल्नेछ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको संयोजनमा राष्ट्रिय प्रकृति संरक्षण कोष, डब्लुडब्लुएफ र जेडएसएल लगातयका निकायको सहयोगमा गणना हुन लागेको हो । मुलुकभर करिब २ सय ५० जना दक्ष जनशक्ति गणनामा खटिनेछन् ।
नेपालमा सन् २००९ देखि स्वचालित क्यामरा राखेर बाघको संख्या यकिन गर्न लागिएको हो । २०२६ जुलाई २९ मा पर्ने विश्व बाघ दिवसका दिन गणनाको नतिजा सार्वजनिक गरिने छ । सन् २०२२ मा भएको गणनामा ३ सय ५५ बाघ थिए ।
ताजा अपडेट
-
मौसममा पश्चिमी प्रणाली सक्रिय, वर्षा साथै यी ठाउँमा अचाक्ली गर्मी बढ्ने
-
नेपालगन्ज भन्सारः दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
अनौपचारिक क्षेत्रमा श्रमिक : ६६.२% श्रमिकले पूरा ज्याला नै पाएनन्


प्रतिक्रिया