मोरक्कोलाई हराउँदै इजिप्ट सेमिफाइनलमा
काठमाडौं । इजिप्टले मोरक्कोलाई २–१ गोल अन्तरले हराएको छ ।
गएराति म्यामरूनमा भएको अफ्रिका कप अफ नेसन्सको खेलमा चिरपरिचित मोरक्कोलाई स्तब्ध पार्दै मोहम्मद सलाह नेतृत्वको इजिप्ट विजयी भएको हो ।
मोरक्कोले खेलको ६ मिनेटमै पाएको पेनाल्टी सदुपयोग गर्दै अग्रता बनाएको थियो । यो अग्रतालाई ५३ मिनेटमा तोड्दै इजिप्टका मोहम्मद सालहले बराबरी गोल फर्काए । त्यसपछि रोचक बनेको खेल अतिरिक्त समयमा धकेलिएको थियो । जसको १०० मिनेटमा इजिप्टका लागि ट्रेजेगुइटले गोल गरेर नतिजा आफ्नो टिमको पोल्टामा पारे ।
योसँगै इजिप्ट सेमिफाइनलमा पुगेको छ ।
अफ्रिका कप अफ नेसन्सकै अर्को खेलमा सेनेगल विजयी भएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया