एमालेको निर्वाचनको समय फेरि सर्यो : बेलुका ७ बजेदेखि मतदान
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका निम्ति आज (पुस १) बेलुका ७ बजेदेखि मतदान गरिने भएको छ । पार्टीको निर्वाचन आयोगले बेलुका ७ देखि राति १ बजेसम्मको मतदान तालिका सार्वजनिक गरेको छ ।
आयोगले यसअघि आजै दिउँसो २ बजेदेखि मतदान थाल्ने तयारी गरेको थियो । तर, आन्तरिक तयारीका कारण मतदानको समय पछि सारिएको हो ।
विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिँदै छ । प्राविधिक टोलीले तयार पारेको क्रमसंख्यासहितको नामावली तलमाथि परेपछि पुनः मिलाउँदा समय लागेको एमाले निर्वाचन आयोगले जनाएको छ ।
महाधिवेशनमा १९ पदाधिकारीका निम्ति ४२ जनाले उमेदवारी दर्ता गराएका छन् । अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदै छ । सबै पदमा गरी ३०० बढी उमेदवार छन् ।
काठमाडौंको भृकुटीमण्डपमा निर्वाचन प्रक्रिया जारी छ । रामलक्ष्मण भोटिङ मेसिनबाट मतदान गरिने आयोगले जनाएको छ ।
ताजा अपडेट
-
मौसममा पश्चिमी प्रणाली सक्रिय, वर्षा साथै यी ठाउँमा अचाक्ली गर्मी बढ्ने
-
नेपालगन्ज भन्सारः दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
अनौपचारिक क्षेत्रमा श्रमिक : ६६.२% श्रमिकले पूरा ज्याला नै पाएनन्


प्रतिक्रिया