तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण संकलन गरिँदै
तनहुँ । कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण संकलन गर्न थालेको छ । व्यावसायिक रूपमा सुन्तला खेती गरिएका ठाउँमा कार्यालयले स्थलगत रूपमै उत्पादन र बजारीकरणसम्बन्धी विवरण संकलन सुरु गरेको हो ।
तनहुँबाट वार्षिक करोडौँ मूल्य बराबरको सुन्तला उत्पादन हुने गरेको छ । कृषि विकास कार्यालयका सूचना अधिकारी किरण परियारले कार्यालयले सुन्तला बगैँचा अवलोकनका साथै देखिएका समस्या तथा सम्भावित समाधानका उपायबारे किसानलाई जानकारी गराइएको बताए ।
अघिल्लो वर्षको सुन्तलामा यस वर्ष सुन्तला उत्पादन वृद्धि हुने अनुमान छ । बेनी कोटका किसान दलबहादुर थापाले केही वर्षयता सुन्तलाका बोटहरू सुक्दै जाने समस्या देखिएको बताए । उनका अनुसार बेनी कोटबाट यस वर्ष मात्रै रु. दुई करोड बढीको सुन्तला बिक्री भइसकेको छ । यहाँ १०० भन्दा बढी कृषक सुन्तला खेतीमा आबद्ध छन् ।
कार्यालयका अनुसार अघिल्लो वर्ष जिल्लाबाट रु. ४२ करोड ५० लाखको सुन्तला बिक्री भएको थियो । त्यति बेला एक हजार ६५७ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएकामा ९६८ हेक्टर क्षेत्रफलमा पाँच हजार ८३१ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।
त्यसै गरी आर्थिक वर्ष २०८०/८१ मा रु. ३० करोड बराबरको सुन्तला उत्पादन भएको थियो । त्यति बेला तीन हजार ७५० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।
जिल्लाका आठ हजार ६७० हेक्टर क्षेत्रफलमा सुन्तला खेती विस्तारको सम्भावना रहेको छ । कार्यालयले सुन्तला खेती कृषकलाई बगैँचा व्यवस्थापनमा सहयोग गर्दै आएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया