NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं। नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य  प्रतितोला एक हजार ३ सय रुपैयाँले बढेर २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च हो। यसअघि शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ६९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य तोलामा २ सय ७० रुपैयाँले बढेर तोलामा ४ हजार ८ सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। शुक्रबार भने चार हजार ५६५ रुपैयाँमा कारोबार भएको थियो।