काँकडभिट्टा नाकाबाट सबैभन्दा बढी अलैँची निर्यात
झापा– चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा काँकडभिट्टा नाकाबाट सबैभन्दा बढी निर्यात हुनेमा अलैँची शीर्ष स्थानमा छ । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार उक्त अवधिमा पाँच अर्ब ५३ करोड ३२ लाख ४९ हजार रुपैयाँको अलैँची भारततर्फ निर्यात भएको छ ।
कार्यालयका अनुसार उक्त अवधिमा एक अर्ब ८५ करोड ६२ लाख सात हजार रुपैयाँको चिया र ८३ करोड ७० लाख ८६ हजार रुपैयाँको प्लाइउड निर्यात भएको छ ।
साथै ४८ करोड ५२ लाख ७३ हजार रुपैयाँको छुर्पी, ४४ करोड ९९ लाख ११ हजार रुपैयाँको भेनियर सिट, ३७ करोड ४५ लाख ३८ हजार रुपैयाँको अदुवा र सुठो, ३० करोड ४१ लाख ४९ हजार रुपैयाँको अम्रिसो र ११ करोड ३१ लाख ९१ हजार रुपैयाँ मूल्य बराबरको काउली र बन्दागोपी निर्यात भएको छ ।
साथै, नौ करोड १२ लाख ८७ हजार रुपैयाँको मुसुरो र तीन करोड ७८ लाख ८३ हजार रुपैयाँ मूल्य बराबरको फलामे पाता पनि निर्यात भएको भन्सारले जनाएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया