रसुवागढी नाका ६ महिना पछि आजबाट सञ्चालनमा
काठमाडौँ । रसुवागढी नाका करिब ६ महिना पछि आजबाट सञ्चालनमा आएको छ । रसुवा भन्सार कार्यालयका प्रमुख तुलसीप्रसाद भट्टराईका अनुसार आजदेखि साे नाकाबाट पूर्ण रूपमा सवारी साधन सञ्चालनमा आएका हुन् ।
चीन–नेपाल जोड्ने ल्हेन्दे खोलाको पुल गत असारमा बाढीले बगाएँसँगै रसुवागढी नाका अवरुद्ध बनेको थियो । बाढीले पक्की पुल बगाएपछि रसुवागढी नाका २४ असारदेखि ठप्प थियो । चीनले ल्हेन्दे खोलामा अस्थायी रूपमा बेलिब्रिज बनाएसँगै नाका खुलेको हो ।
बेलिब्रिज एकतर्फी र साँघुरो भएकाले पहिलाकै संख्यामा कन्टेनर आउने र त्यति नै संख्यामा उता पठाउन नमिल्ने भएको छ । पुलका कारण भारवहन क्षमता बढी भएका सवारीसाधन पनि आउने छैनन् । रसुवागढी नाकादेखि स्याफ्रुबेंसीसम्म करिब १६ किलोमिटरमा गत असारमा दर्जनभन्दा बढी स्थानमा पहिरो खसेर लामो समय सडक अवरुद्ध थियो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया