चीनमा सन् १९६१ पछि अहिलेसम्मकै उच्च गर्मी
एजेन्सी । चीन सन् २०२५ मा सन् १९६१ पछि औसतमा सबैभन्दा बढी गर्मी वर्षका रूपमा रेकर्ड भएको छ । चीनको मौसम विज्ञान प्रशासनले आइतबार जानकारी गराएअनुसार चीनमा गत वर्ष देशव्यापी औसत तापक्रम ११ डिग्री सेल्सियस रहेको हो ।
राष्ट्रिय जलवायु केन्द्रका वरिष्ठ इन्जिनियर सि सुआईका अनुसार यो आंकडा देशको सामान्य वार्षिक तापक्रम ९.९ डिग्री सेल्सियसभन्दा १.१ डिग्री सेल्सियस बढी हो । गत वर्ष सिन्जियाङ, जियाङ्सी र हुबेइसहित १६ प्रान्तीय स्तरका क्षेत्रहरूले सन् १९६१ पछि औसतमा सबैभन्दा उच्च तापक्रम रेकर्ड गरेका थिए ।
जुनदेखि अगस्टसम्मको राष्ट्रिय औसत तापमान २२.३ डिग्री सेल्सियस थियो र यो सामान्यभन्दा १.१ डिग्री सेल्सियस बढी हो । सन् २०२४ मा सन् १९६१ पछि सबैभन्दा गर्मी वर्षा ऋतुको रूपमा रेकर्ड भएको छ ।
‘बेइजिङले गत वर्ष सन् १९६१ पछि सबैभन्दा बढी वार्षिक वर्षा रेकर्ड गरेको थियो र उत्तरी चीनमा वर्षा ऋतुको लम्बाइ र कुल वर्षा दुवै ऐतिहासिक उच्च भएको थियो,’ सिले भने ।
यस महिनाको तथ्यांकलाई समीक्षा गर्दै सिले सबैभन्दा बढी मौसमी असन्तुलन व्यहोर्ने वर्ष बन्न सक्ने अर्को चेतावनीमूलक सन्देश दिएका छन् । उनले भने, ‘उत्तरी चीनले कम तापक्रम, हिउँ र चिसो वर्षाको सम्भावित प्रतिकूल प्रभावहरूको लागि तयार रहनुपर्छ, देशको दक्षिणी भागले मौसमी खडेरीबाट सावधान रहनुपर्छ ।’
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया