NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले बढ्यो

काठमाडौं– अघिल्लो दिन घटेको सुनको मूल्य आज फेरि बढेको छ । मंगलबारको कारोबारमा सुनको मूल्य ३ हजार १०० सय रुपैयाँले बढेको छ ।

यससँगै आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन भने एक तोला सुनको कारोबार प्रतितोला २ लाख ६५ हजार रुपैयाँमा भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि १९५ रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला ४ हजार ८८० सय रुपैयाँमा कारोबार भइरहेको छ ।