नेप्से ९.९३ अङ्कले बढ्यो
काठमाडौँ । साताको कारोबार हुने दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ । आज नेप्से परिसूचक ९.९३ अङ्कले बढेर २६४९.३० को बिन्दुमा पुगेर बन्द भएको छ ।
आज बजारमा कारोबारमा उत्साहजनक देखिएको छ । दिनभरिमा ३३४ कम्पनीका १ करोड ४८ लाख ३१ हजार कित्ता सेयर हुँदा कुल ७ अर्ब १२ करोड ३३ लाख ६५ हजार २९६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका कम्पनीहरूमध्ये १४८ कम्पनीको सेयर मूल्य बढेको छ भने १०३ कम्पनीको मूल्य घटेको छ । बाँकी ८ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
आज सबैभन्दा धेरै नाफा कमाउनेमा जीवन विकास लघुवित्त वित्तीय संस्था रहेको छ । जसको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ । त्यस्तै, थ्रीस्टार हाइड्रोपावरको मूल्य ९.५४ प्रतिशत र हिमालयन ८०–२० को मूल्य ७.३४ प्रतिशतले वृद्धि भएको छ । आज रुरु जलविद्युतको मूल्य सर्वाधिक ७.४१ प्रतिशतले घटेको छ ।
समूहगत रूपमा आज होटल र उत्पादनमूलक बाहेक सबै समूहका सूचक बढेका छन् । फाइनान्स समूह २.८७ प्रतिशतले बढ्दा अरू सबै घटबढ एक प्रतिशत भन्दा कम छ ।
कारोबार रकमका आधारमा आज एसवाई प्यानल अग्रस्थानमा रह्यो । यस कम्पनीको २४ करोड ८८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । त्यसैगरी, बुटवल पावर कम्पनीको २३ करोड ६७ लाख र शिवम सिमेन्टको २३ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया