हुस्सुले तराईमा जनजीवन प्रभावित
काठमाडौं – आज बिहान लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा हुस्सु लागेको छ भने दिउँसो तराईका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो निरन्तर रहने अनुमान गरिएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली रहेर अन्य भागमा मौसम सफा रहनेछ। तराईका क्षेत्रमा रातिसम्म नै हुस्सु कायम रहनेछ ।
उपत्यकामा तुवालोले मौसम खराब भएको छ । प्रदूषणका कारण अत्यावश्यक काम नभएसम्म घरबाहिर ननिस्कन अनुरोध गरिएको छ । तराई भागमा हुस्सु तथा कुहिरोको प्रभावले दैनिक जनजीवन कष्टकर बनेको छ ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया