सुनचाँदीको मूल्यले नयाँ कीर्तिमान बनायो
काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ हजार १ सय रुपैयाँले वृद्धि भई २ लाख ७४ हजार ७ सय रुपैयाँ कायम भएको छ।
यसअघि आइतबार सुन तोलाको मूल्य २ लाख ७० हजार ६ सय रुपैयाँ थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि देखिएको छ। आज चाँदी तोलामा २०५ रुपैयाँले बढेर ५ हजार १९५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार भने चाँदीको मूल्य तोलामा ४ हजार ९९० रुपैयाँ थियो।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया