कांग्रेसमा शेरबहादुरलाई अहिले जबरजस्ती निकालेजस्तै मलाई पनि गर्न खोजेका थिए: ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक वर्षअघि सम्पन्न महाधिवेशनले आफ्नो पार्टीलाई विभाजन हुनबाट जोगाएको दाबी गरेका छन् ।
४२ औँ पिस्कर सहिद स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै ओलीले नेपाली कांग्रेसमा अहिले सभापति शेरबहादुर देउवालाई हटाउन भइरहेको प्रयास र आफ्नो विगतको अवस्था उस्तै रहेको टिप्पणी गरे।
ओलीले भने, ‘कांग्रेसमा अहिले जे भइरहेको छ, हाम्रो पार्टीमा पनि ठ्याक्कै त्यही गर्न खोजिएको थियो । तर, हामीले एक वर्षअघि नै महाधिवेशन गरेर सबै भ्रम र हल्लाको तुवाँलो चिर्न सफल भयौं।” उनले देउवालाई जबरजस्ती निकाल्न खोजिएजस्तै विगतमा आफूलाई पनि ‘यो अनुहार देखाएर हिँड्न सकिँदैन’ भन्दै कारबाहीको माग गरिएको स्मरण गरे । महाधिवेशनको फैसलाले पार्टीलाई एकताबद्ध बनाएको र अहिले कांग्रेसमा त्यस्तै प्रकारको षड्यन्त्र दोहोरिएको उनको बुझाइ छ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया