NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दर्ता गराउन १० हजार रुपैयाँ धरौटी राख्नुपर्ने

काठमाडौँ । आगामी प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दर्ता गराउन १० हजार रुपैयाँ धरौटी राख्नुपर्ने भएको छ।

निर्वाचन आयोगले आइतबार सूचना प्रकाशित गरी उम्मेदवारी दर्ता गराउन आवश्यक कागजातबारे जानकारी दिएको छ। त्यसमा उम्मेदवारी दर्ता गर्दा १० हजार रुपैयाँ धरौटी बुझाउनुपर्ने उल्लेख गरिएको छ।

आयोगले भनेको छ, ‘प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवारका लागि १० हजार रुपैयाँ सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा धरौटी जम्मा गरेको रसिद वा भौचर।’

महिला, दलित, अल्पसंख्यक समुदाय र आर्थिक रूपमा विपन्न उम्मेदवारले भने ५ हजार रुपैयाँ धरौटी राख्नुपर्नेछ। आयोगले भनेको छ, ‘महिला र दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ।’

आर्थिक रूपले विपन्न व्यक्तिले सम्बन्धित स्थानीय तहबाट सिफारिस ल्याउनुपर्नेछ। प्रतिनिधि सभा सदस्यका लागि माघ ६ गते उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ।