रास्वपाले टुंग्यायो बाँकी उम्मेदवार, कहाँ को ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ मा हुन गइरहेको प्रतिनिधिसभाको प्रत्यक्षतर्फको सबै उम्मेदवार टुंग्याएको छ । रास्वपाको गएराति अबेरसम्म बसेको बैठकले देशको १६५ वटै निर्वाचन क्षेत्रमध्ये यसअघि उम्मेदवार टुंग्याउन बाँकी रहेको क्षेत्रबारे निर्णय लिएको हो ।
रास्वपाका अनुसार, नुवाकोटको क्षेत्र नं. १ र २ मा क्रमशः डा. विक्रम तिमिल्सिना र डा. अच्युतम लामिछानेलाई उम्मेदवार बनाउने निर्णय भएको छ । दाङ–३ मा कमल सुवेदीलाई उम्मेदवार बनाउने सहमति बनेको छ ।
त्यस्तै, लमजुङमा धर्म केसी, झापा–१ मा निशा डाँगी, झापा–२ मा पूर्वउपसभामुख इन्दिरा राना मगर, झापा–३ मा प्रकाश पाठक र झापा–४ मा शम्भु सुस्केरा ढकाल उम्मेदवार बन्ने पक्का भएको छ । झापा–५ मा भने यसअघि नै रास्वपाले बालेन्द्र शाह (बालेन) लाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
रास्वपाले नवलपुर–१ मा राजन गौतमलाई टिकट दिँदा विनिता कठायतलाई जुम्लाबाट उतारेको छ । कञ्चनपुर–३ मा ज्ञानेन्द्र महता, दोलखामा इञ्जिनियर जगदीश खरेल, मोरङ–१ मा अधिवक्ता यज्ञमणि न्यौपाने, मोरङ ३ मा गणेश कार्की रास्वपाको उम्मेदवार बनेका छन् । ओखलढुङ्गामा नेपाल प्रहरीको आइजिपी बन्नबाट अन्यायपूर्वक वञ्चित गरिएका विश्वराज पोखरेललाई रास्वपाले उम्मेदवार बनाएको छ । स्याङ्जा १ मा धनन्जय रेग्मी, बाजुरामा हेमराज थापा, बागलुङ २ मा जेनजी युवा सोम शर्मा र रामेछापमा डा. कृष्णहरि बुढाथोकी उम्मेदवार छन् । त्यस्तै, तनहुँ क्षेत्र नम्बर–२ बाट श्रीराम न्यौपाने र धादिङ क्षेत्र नम्बर २ बाट बोधनारायण श्रेष्ठले टिकट पाएका छन् ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया