कांग्रेसले टुंग्यायो मोरङको उम्मेदवार, ६ मा शेखर, ३ मा सुनिल
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला प्रतिनिधिसभा निर्वाचनमा मोरङ–६ बाट उम्मेदवार बन्ने भएका छन् ।
कांग्रेस संसदीय बोर्डले मोरङ–६ मा शेखरलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
कांग्रेसका गगन थापा समूहले विशेष महाधिवेशन गर्दा कोइराला त्यसको विपक्षमा उभिएका थिए । सबै पक्षलाई मिलाएर चुनावमा जाने नीति लिएका गगनको रोजाइमा शेखर परेका हुन् ।
त्यस्तै, कांग्रेसले मोरङका अन्य क्षेत्रको पनि उम्मेदवार टुंग्याएको छ । मोरङ–१ मा खड्ग फागोले टिकट पाउँदा क्षेत्र नं. २ मा डा. मीनेन्द्र रिजाललाई उम्मेदवार बनाइएको छ । क्षेत्र नम्बर ३ मा डा. सुनिल शर्मा, क्षेत्र नम्बर ४ मा महामन्त्री गुरूराज घिमिरे र ५ मा फूलकुमार लावती उम्मेदवार बनेका छन् ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया