सुरु भयो प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ता
काठमाडौं । आगामी फागुन २१ का लागि तय प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १६५ क्षेत्रको उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ ।
निर्वाचन आयोगको निर्धारित कार्यतालिकाअनुसार अहिले बिहान ११ बजेबाट उम्मेदवारी मनोनयन सुरु भएको हो ।
निर्वाचन आयोगले अहिले बिहान १० बजेबाट उम्मेदवारी मनोनयन सुरु भएको जनाएको छ । आयोगका अनुसार मनोनयन दर्ता साँझ ५ बजेसम्म चल्नेछ ।
दल तथा स्वतन्त्रबाट उम्मेदवारी दिन लागेकामध्ये कतिपय सम्बन्धित निर्वाचन कार्यालयमा पुगिसकेका छन् भने कतिपय तयारीमा जुटेका छन् ।
निर्वाचन आयोगका अनुसार उम्मेदवार मनोनयन दर्ता गर्दा १० किसिमका कागजात आवश्यक पर्छन् । जसमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि, उम्मेदवारको नाम कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा समावेश भएको निस्सा छन् । त्यस्तै, उम्मेदवार सरकार वा सरकारी स्वामित्वको संस्थामा बहाल छन् भने, सो पदबाट राजीनामा दिएको प्रमाण पनि पेश गर्नुपर्नेछ ।
प्रचलित कानुन अनुसार योग्यता पुगेको उम्मेदवारले मनोनयन दर्ता गर्दा सोही निर्वाचन क्षेत्रको अन्तिम मतदाता नामावलीमा नाम भएका एक जना प्रस्तावक र एक जना समर्थकको विवरण र हस्ताक्षर सहितको मनोनयन पत्र पेस गर्नुपर्नेछ ।
दलको तर्फबाट उम्मेदवारी दिएको भए दलको केन्द्रीय कार्यकारिणी समितिले जारी गरेको औपचारिक मनोनयन पत्र अनिवार्य बुझाउनुपर्नेछ । संयुक्त दलको हकमा छुट्टै ढाँचाको पत्र आवश्यक हुने आयोगले जनाएको छ ।
आयोगका अनुसार, प्रतिनिधिमार्फत उम्मेदवारी दर्ता गर्नेले प्रतिनिधिमार्फत तोकेको फाराम अनिवार्य भर्नुपर्नेछ ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया