NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

सकियो मनोनयन, ३ हजार बढी उम्मेदवार मैदानमा

काठमाडौँ – आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभर उम्मेदवारी मनोनयन गर्नेको संख्या ३ हजार नाघेको छ। निर्वाचन आयोगका अनुसार प्रारम्भिक तथ्यांकअनुसार बेलुकी साढे ७ बजेसम्म कुल ३ हजार २८ जनाले प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका छन्।

सहायक प्रवक्ता कुलबहादुर जिसीले देशभरका निर्वाचन कार्यालयबाट विवरण संकलन हुने क्रम जारी रहेकाले अन्तिम संख्या अझै बढ्न सक्ने जानकारी दिए। उनका अनुसार मनोनयन दर्तामा उल्लेखनीय उत्साह देखिएको छ।

दर्ता भएका उम्मेदवारमध्ये ३ हजार ३७ जना पुरुष र ३९१ जना महिला रहेका छन्। देशभरका १६५ वटा निर्वाचन क्षेत्रका लागि विभिन्न राजनीतिक दलका साथै स्वतन्त्र उम्मेदवारहरूले पनि प्रतिस्पर्धा गर्दैछन्।

आयोगका अनुसार ६ माघमा तोकिएको मनोनयन प्रक्रियामा अपेक्षाकृत उच्च सहभागिता देखिएको हो। प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १६५ सदस्य निर्वाचित हुनेछन् भने ११० सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुने व्यवस्था छ। समानुपातिकतर्फ राजनीतिक दलहरूले बन्द सूची बुझाइसकेका छन् र प्रक्रिया अगाडि बढिरहेको आयोगले जनाएको छ।