शुक्रबार केही प्रदेशमा वर्षा र उच्च भू-भागमा हिमपातको पूर्वानुमान
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले शुक्रबार देशका विभिन्न भू-भागमा मौसममा आंशिक परिवर्तन देखिने पूर्वानुमान सार्वजनिक गरेको छ। विभागका अनुसार चार प्रदेशका केही स्थानमा वर्षा र हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात हुने सम्भावना रहेको छ।
बुधबार प्रकाशित मौसम पूर्वानुमान बुलेटिनअनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भूभागमा तथा गण्डकी प्रदेशका सीमित स्थानमा मध्यम खालको वर्षा हुन सक्ने देखिएको छ। यस्तै, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा मध्यम स्तरको हिमपातको सम्भावना पनि रहेको जनाइएको छ।
विभागले हिमपातका कारण दैनिक जनजीवन, पर्यटन गतिविधि, स्वास्थ्य सेवा तथा हवाई र सडक यातायातमा असर पर्न सक्ने भन्दै सम्बन्धित निकाय र सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया