प्रभावशालीलाई पछि पार्दै एमाले काठमाडौं महानगरमा उपमेयरको उम्मेदवार भएकी को हुन् सुनिता डंगोल ?
यस्ता छन् महानगर बनाउने विकास मोडेल

काठमाडौं । प्रभावशालीलाई पछि पार्दै एमालेको तर्फबाट काठमाडौं महानगरपालिकामा उप–मेयरको उम्मेदवारमा सुनिता डंगोल छनोट भएपछि सर्वत्र चर्चा चलेको छ । शनिबार एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा बसेको एमालेको सचिवालय बैठकले डंगोललाई महानगरको उपमेयरको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
उपमेयरका लागि यसअघि एमाले महानगर कमिटीले शान्ति अधिकारी, रत्ना गुरुङ, पेम्बा लामा, निमा काफ्लेको नाम सिफारिस गरिएको थियो । तर नगर कमिटीको सिफारिसलाई छाड्दै सचिवालयले अस्वाभाविक रुपमा डंगोललाई रोजेको हो ।
डंगोलको पृष्ठभूमि एमाले रहेको र सामाजिक क्षेत्र र युवामाझ लोकप्रिय रहेकोले उम्मेदवार बनाउने निर्णय भएको एमाले स्रोत बताउँछ । काठमाडौंको लगनटोल निवासी ३१ वर्षीय डंगोल मिस नेवाः २०११ को विजेता हुन् ।
विवेकशील र साझाले चामत्कारिक मत ल्याएको काठमाडौंको रोचक चुनावी समीकरण यस्तो छ
सम्पदा बचाउ अभियानकी अभियन्ता रहेकी सुनिता लिपी क्वीनको उपनामले चर्चित छिन् । रञ्जना लिपीलाई अन्तर्राष्ट्रियकरण गर्न उनको महत्वपूर्ण भूमिका देखिन्छ । उपत्यकाको जात्रा, संस्कृतिलाई प्रविधिमार्फत विश्वमा प्रचारप्रसार गर्दै आएकी छिन् । डंगोलले सामाजिक विज्ञानमा स्नातकोत्तर गरेकी छिन् । केही समय अघिसम्म एफ.एम., टेलिभिजनमा प्रस्तोता र रिसर्चरको भूमिका रहेकी थिइन् ।
आफू एमालेले महानगरको उपमेयर बनाएपछि काठमाडौंलाई सांस्कृतिक नगर र राजधानी सहरको रूपमा विकास गर्ने लक्ष्य रहेको बताएकी छिन् । आइतबार सुनिताले अपिल जारी गर्दै यसपटक आफूले पदभन्दा पनि लक्ष्यलाई ठूलो ठानेको जिकिर गरेकी छिन् ।
डंगोलले जारी गरेको अपिल
यसअघि महानगरपालिकाको मेयरमा आफूलाई स्वतन्त्र उम्मेदवार घोषणा गरेकी थिइन् । महानगरको विकासका लागि आठ खम्बे अर्थनीतिसहित वैशाख २ मा घोषणापत्र जारी गरेकी थिइन् ।
यस्तो छ सुनिताले अघि सारेको आठ खम्बे विकास मोडेल :
१. स्वच्छ वातावरण
२. यातायात व्यवस्थापन
३. राजधानीको रूपमा पूर्वाधार विकास
४. सांस्कृतिक नगर
५. सामाजिक विकास
६. डिजिटल काठमाडौं
७. युवा, खेलकुद, रोजगारी र उद्यमशीलता
८. अनुसन्धान र विकास
काठमाडौं महानगरपालिकामा एमालेले २० हजार अन्तरले जित्दा कुन दलले कति मत ल्याएका थिए ?
प्रतिक्रिया