माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै
काठमाडौँ। सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप बालिका तथा किशोरीहरूलाई लगाउने भएको छ।
स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले यही महिनाको तेस्रो सातादेखि देशव्यापी अभियानका रूपमा एचपीभी खोप लगाइने जानकारी दिए। “खोप अभियानअन्तर्गत यस वर्ष विद्यालय भर्ना भएका कक्षा ६ मा पढ्ने छात्रा र विद्यालय भर्ना नभएका १० वर्ष उमेर समूहका बालिकाहरूलाई खोप लगाइनेछ‚” उनले भने‚ “कक्षा ६ मा पढ्ने ११ र १२ वर्षसम्मका छात्राले पनि खोप लगाउन पाउनेछन्। फागुनको पहिलो सातासम्म लक्षित किशोरी तथा बालिकालाई खोप लगाइसक्ने हाम्रो तयारी छ।” उनले अहिले खोप लगाउने स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरिरहेको पनि जानकारी दिए।
सरकारले गत वर्ष २२ माघदेखि ६ फागुनसम्म देशभरि कक्षा ६ देखि १० सम्म र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब १७ लाख किशोरीलाई खोप लगाएको थियो। शाखा प्रमुख गौतमले गत वर्ष खोप लगाउन छुटेका बालिकाहरुलाई पनि यस वर्ष खोप प्रदान गरिने जानकारी दिए। गत वर्ष छुटेका ११ देखि १४ वर्षसम्मका बालिकाहरूलाई यसपटक खोप लगाइनेछ।
उनका अनुसार यस वर्ष करिब तीन लाख ५० हजार बालबालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाइनेछ। सरकारले उक्त खोप ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी) को सहयोगमा चीनबाट नेपाल आइपुगेको उनले जानकारी दिए।
नेपालमा हरेक वर्ष पाठेघरको मुखको क्यान्सरबाट चार महिलाको मृत्यु हुने गरेको छ। पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमनपापिलोमा भाइरस सङ्क्रमण रहेकोले त्यसको विरुद्ध खोप लगाउनुपर्ने हुन्छ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया