सर्वोच्चमा आज छैन प्रतिनिधिसभा विघटनविरुद्धको रिटको पेसी
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको पेसी सूची आजका लागि नतोकिएको पाइएको छ ।
सामाजिक सञ्जालमा प्रतिनिधिसभा विघटनविरुद्धको रिटको पेसी बुधबारका लागि तोकिएको समाचारहरू प्रकाशमा आए पनि बुधबारका लागि पेशी तोकिएको नपाइएको हो ।
सर्वोच्चले आफ्नो सफ्टवयर प्रणालीमा दैनिक तथा साप्ताहिक पेसीको सूची नियमित अपडेट गर्ने गर्ने गर्छ । त्यसमा संसद् विघटनविरुद्धको रिटको पेसी बुधबारका लागि तोकिएको छैन ।
यसअघि यससम्बन्धी मुद्दाको साधारण तारिख माघ १३ गतेका लागि तोकिएकोमा पुनः माघ २० मा साधारण तारेख नै तोकिएको सर्वोच्चको सूचना प्रणालीमा देख्न सकिन्छ ।
गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेर आगामी फागुन २१ का लागि निर्वाचन घोषणा गरेका थिए । तर लगत्तै उक्त निर्णय असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा डेढ दर्जन बढी रिट निवेदन परेका थिए । ती सबै रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै संवैधानिक इजलासले कारण देखाऊ आदेश गर्दै विपक्षीहरूबाट लिखित जवाफ माग गरेर एकसाथ लगाउमा राखेको छ ।
प्रशिक्षार्थी


प्रतिक्रिया