प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बझाङ बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेशबहादुर विष्टसहित ५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहितले विभिन्न शीर्षकमा सरकारी रकम हिनामिना गरेको आरोपमा आयोगले आज विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
प्रमुख प्रशासकीय अधिकृत रमेश बहादुरसहित सुनकुडा माध्यमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष रमेशबहादुर अधिकारी, प्रधानाध्यापक धनबहादुर विष्ट, लेखापाल हर्कबहादुर विष्ट, गाउँपालिकाको सव इन्जिनियर किरण भण्डारीविरूद्ध मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले बताए ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी




प्रतिक्रिया