सर्लाही–४ मा जनविश्वास जित्ने रणनीतिमा गगन थापा
काठमाडौँ। नेपाली काँग्रेसका सभापति तथा सर्लाही क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उम्मेदवार गगनकुमार थापाले जनप्रतिनिधि र मतदाताबीच प्रत्यक्ष र निरन्तर सम्बन्ध स्थापित हुनुपर्नेमा जोड दिएका छन्।
मधेस प्रदेशअन्तर्गत सर्लाही–४ बाट उम्मेदवारी दिएपछि स्थानीयस्तरमा भेटघाट, छलफल र पार्टीगत गतिविधिमा सक्रिय रहेका थापाले धनकौलमा आयोजित एक कार्यक्रममा सांसद कार्यालय स्थापना गरी जनतासँग सिधै जोडिएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। उनका अनुसार विकास निर्माणका काम प्रभावकारी बनाउन जनताको सुझाव, आवश्यकता र प्राथमिकतालाई प्रत्यक्ष रूपमा सुन्नु अनिवार्य छ।
थापाले निर्वाचन क्षेत्रका विभिन्न स्थानमा भएका अन्तरक्रियाबाट प्राप्त राय र अपेक्षालाई कार्यान्वयन गर्ने दृढता व्यक्त गर्दै सर्लाहीवासीको आग्रह र विश्वासकै आधारमा आफू यहाँ उम्मेदवार बनेको बताए। उनले जनताको साथ र सहयोग प्राप्त हुनेमा आफू विश्वस्त रहेको पनि उल्लेख गरे।
कार्यक्रमकै अवसरमा बहुजन पार्टीबाट सर्लाही–४ अन्तर्गत प्रदेशसभा ‘ख’ का उम्मेदवार कृष्णकुमार कुशवाहासहित गोडैता नगरपालिकाका वडा नम्बर १ का अध्यक्ष सुजित महतो, वडा नम्बर २ का अध्यक्ष अजयप्रसाद शाह, वडा नम्बर ५ का अध्यक्ष प्रकाश गुप्ता र वडा नम्बर ११ का अध्यक्ष विश्वनाथ पण्डितलगायत विभिन्न दलमा आबद्ध नेता तथा कार्यकर्ताहरू नेपाली काँग्रेसमा प्रवेश गरेका थिए।
सभापति थापाको सचिवालयले जनाएअनुसार उनी यही माघ १६ गते शुक्रबार काठमाडौँ फर्किने कार्यक्रम रहेको छ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया