सिटी स्क्यान खरिदमा भ्रष्टाचार : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकूलपतिसहित १९ जनाविरुद्ध मुद्दा
काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकूलपति प्रा.डा. संगिता सिंह भण्डारीसमेत १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज प्रतिष्ठानका तत्कालीन उपकूलपति, कर्मचारी र एक कम्पनीविरुद्ध सिटी स्क्यान मेसिन खरिद गर्दा गुणस्तरहिन र मापदण्ड विपरीतको आपूर्ति गराएको गर्दै भष्टाचार मुद्दा दर्ता गरेको हो । आयोगले सिटी स्क्यान खरिद गर्दा ७ करोड ३१ लाख ८२ हजार ९८५ रूपैयाँ भ्रष्टाचार भएको ठहर गरेको छ ।
भण्डारीसहित तत्कालीन कामु रजिस्ट्रार कैलाशप्रसाद देव, निर्देशक डा. सागर पन्थी, रेडियोलोजी विभागका प्रमुख डा. बोम विसी, बोयोमेडिकल इन्जिनियरद्वय शरद भण्डारी र आशुतोष भण्डारी, कन्सल्टेन्ट बोयोमेडिकल इन्जिनियर अमितकुमार चौधरी, लेक्चरर डा. श्रीसिया पोखरेल, तत्कालीन शाखा अधिकृतहरू झन्कार लामिछाने, लीलाकुमारी देवकोटा र मेघबहादुर अधिकारी, आइटी अफिसर हिरालाल भण्डारी, लेखा अधिकृत राजीव बस्नेत, फार्मेसी सुपरभाइजर कृष्णप्रसाद जोशी, स्टाफ नर्स विन्दु पौडेल, फिजियोथेरापिस्ट पूजा ठाकुर, कम्प्युटर असिस्टेन्ट सतिशबहादुर शाह, हिमालयन मेडिटेक प्रालि तथा उक्त कम्पनीका प्रमुख अमर श्रेष्ठ र सन्जु राजकर्णिकारविरूद्ध मुद्दा दर्ता गरिएको हो ।


प्रतिक्रिया