रास्वपाको संघीय निर्वाचन सम्पादन समिति गठन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीका उपसभापति डोलप्रसाद अर्यालको संयोजत्वमा ५१ सदस्यीय सङ्घीय निर्वाचन सम्पादन समिति गठन गरको छ ।
सो पार्टीका महासचिव कविन्द्र बुर्लाकोटीका अनुसार निर्वाचनलक्षित गतिविधिहरु सञ्चालन गर्न केन्द्रीय समितिको निर्णयानुसार समिति गठन गरिएको हो । समितिको सदस्य सचिवमा शङ्कर श्रेष्ठ रहेका छन् ।
पार्टीले प्रदेशगत आधारमा प्रदेश समन्वय सचिव तोक्नुका साथै केन्द्रीयरुपमा आन्तरिक समन्वय उपसमिति, प्रशासनिक समन्वय उपसमिति र सञ्चार समन्वय उपसमिति पनि गठन गरेको छ ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया