NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

झापाका मतदातालाई अब कुन उम्मेदवार र चिह्नलाई मत दिनुहुन्छ भन्ने प्रश्न गर्न नपाइने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय झापाले मतदाताहरूलाई कुन उम्मेदवार र कुन चिह्नलाई मत दिनुहुन्छ भनेर सोध्न नपाउने निर्णय गरेको छ।

जिल्ला प्रशासन कार्यालय झापाले एक विज्ञप्ती जारी गर्दैफेसबुक, युट्युब लगायतका सामाजिक सञ्जालको प्रयोग गरी केही अनलाइन सञ्चार माध्यमले सर्वसाधारण तथा मतदाताहरूसँग के कुन दल वा उम्मेदवार वा निर्वाचन चिह्नमा मतदान गर्नुहुन्छ भन्ने प्रश्न गरी मतदाताको गोपनीयता भंग गर्ने कार्य गरिरहेको भन्दै अब यस्तो प्रश्न गर्न नपाइने भनेको छ ।