एमसिसी आलटाल नगरी पास गरौं, यही बहानामा गठबन्धन नटुटोस् : बाबुराम भट्टराई
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुरामले एमसीसी सम्झौतालाई आलटाल नगरी संसदबाट सर्वसम्मतिमा पारित गर्नुपर्ने बताएका छन् ।
यही बहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटाउन पनि उनले आग्रह गरेका छन् ।
‘एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं । सबै एकमुख भएर जनतालाई बुझाऊँ,’ उनले ट्विटरमा लेखेका छन्, ‘यही वहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस्।’
उनले अगाडि थपेका छन्, ‘एमसिसी नेपालका रूढिवादी ‘कम्युनिस्ट’का लागि घाँटीको हाड नबनोस् देश थप कंगाल बनेर जनसॅख्या अरू नघटोस् ।’
देश बर्वाद पार्नेगरी शक्ति केन्द्रको चलखेल बढेको आशय पनि भट्टराईले व्यक्त गरेका छन् । तर उनले ती केन्द्रबारे केही खुलाएका छैनन् ।
एमसिसीलाई लिएर सत्ताधारी दल दुई धारमा छन् । उनीहरूबीच यसलाई पास गर्ने सहमति बनेका समाचार प्रकाशमा आए पनि माओवादी केन्द्रलगायत दलका नेताले खण्डन गरिरहेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया