सशस्त्रमा सेवा अवधि ३२ वर्ष पुर्याउन ‘गुपचुप खेल’
काठमाडौं । गृह मन्त्रालयले संगठनभित्र छलफल र अध्ययन नगरी सशस्त्र प्रहरी कर्मचारीको सेवा अवधि ३० र्षबाट ३२ वर्ष पुर्याउने गृहकार्य अघि बढाएको छ ।
सेवा अवधि ३२ वर्ष कायम हुने गरी सशस्त्र प्रहरी नियमावलीको संशोधन मस्यौदा तयार गरेर गृहले सैद्धान्तिक सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइसकेको छ ।
संगठनमा कुनै दीर्घकालीन र रणनीतिक महत्त्वका विषयमा निर्णय लिन वा गृह मन्त्रालयमा सिफारिस प्रस्ताव गर्न डिआइजी र त्यसमाथिका अधिकृत सम्मिलित प्रिन्सिपल स्टाफ कमिटीको बैठक बस्छ । तर सेवा अवधि बढाउने प्रस्तावमा सशस्त्रमा कुनै छलफल नै नभएको स्रोतले जनाएको छ । सशस्त्र प्रहरी प्रवक्ता डिआइजी विदुर खड्काले पनि सेवा अवधि ३२ वर्षे पुर्याउने विषयमा अनभिज्ञता जनाए ।
गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले भने नियमावली संशोधन मस्यौदा गृहबाट अर्थ पुगेको तर त्यसबारे कुनै जानकारी नआएको बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया