सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
काठमाडौँ । नइ एकेडेमीबाट नाटककार, आख्यानकार तथा कवि विजय मल्लको शताब्दी महोत्सवका अवसरमा नेपाल र भारतका सात जना स्रष्टालाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’ प्रदान गरिने भएको छ । यी पुरस्कारका राशि जनही २५–२५ हजार रुपैयाँ रहेका छन् ।
मल्लका सिर्जनात्मक योगदानको अध्ययन र विद्यावारिधि अनुसन्धानमा समर्पित भई महत्त्वपूर्ण प्राज्ञिक कार्य गरेबापत यो पुरस्कार घोषणा भएको हो ।
‘विजय मल्ल नइ शताब्दी पुरस्कार’बाट पुरस्कृत हुने प्राज्ञहरूमा डा. रमा शिवाकोटी, डा. साधना पन्त ‘प्रतीक्षा’, डा. लेखराज खतिवडा, डा. गोपालप्रसाद गैरे, डा. भगवानचन्द्र ज्ञवाली, डा. नित्यानन्द खतिवडा र प्रा. डा. कृष्णराज घतानी छन् । नइ एकेडेमीका कुलपति इन्दिरा प्रसाईँका अध्यक्षतामा भएको नइ एकेडेमीको बैठकले उक्त निर्णय गरेको सदस्यसचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिए ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया