बालेनलक्षित पृथ्वी सुब्बा गुरुङको टिप्पणी : मेयर हुँदा भूमिहीनलाई व्यापार गरेर खान नदिनेले झापा पुगेर लालपुर्जा दिन्छु भन्नु हास्यस्पद
काठमाडौं । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बालेन शाहप्रति कटाक्ष गर्दै झापा पुगेर सुकुमबासीहरुको समस्या अन्त्य गर्छु भन्नु जनतालाई भ्रम बाँड्नु रहेको बताएका छन् ।
प्रेस चौतारी नेपालले आज आयोजना गरेको कार्यक्रममा उनले काठमाडौँको मेयर हुँदा भूमिहीनलाई व्यापार गरेर पनि खान नदिने व्यक्तिले झापा पुगेर लालपुर्जा दिन्छु भन्नु हास्यस्पद रहेकोसमेत बताए ।
‘काठमाडौँ प्रमुख रहँदा सुकुमबासी, भूमिहीनहरूलाई लखेट्ने मान्छेले झापा ५ पुगेपछि सुकुमबासीहरुको समस्या अन्त्य गर्छु भन्नु जनतालाई भ्रम बाँड्नु हो’, उनले भने, ‘भ्रम बाँड्न सजिलो छ, काम गर्न कठिन छ । काठमाडौँको मेयर हुँदा भूमिहीनलाई व्यापार गरेर पनि खान नदिने व्यक्तिले झापा पुगेर लालपुर्जा दिन्छु भन्नु हास्यस्पद कुरा हो ।’
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया