कर्णालीमा अन्न निकाल्न मिल्ने एटिएम मेसिन जडान, एक पटकमा २० केजीसम्म अन्न निकाल्न मिल्ने
काठमाडौँ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा अन्न निकाल्न मिल्ने एटिएम मेसिन जडान गरिएको छ। पूर्ण रूपमा स्वचालित उक्त मेसिनबाट एक पटकमा २० केजीसम्म आफूले चाहेको खाद्यान्न निकाल्न सकिने बताइएको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालयले जडान गरेको उक्त मेसिनलाई ‘ग्रेन एटिएम’ (अन्न वितरक मेसिन) नाम दिइएको प्रादेशिक कार्यालय प्रमुख केशवराज बुढाले बताए। उनका अनुसार अहिले मेसिन मात्र जडान गरिएको छ र केही समयभित्रै मेसिनबाट खाद्यान्न बिक्री-वितरण सुरु गरिनेछ। उनले भने, “यो मेसिन पूर्ण रूपमा अटोमेटिक टेलर मेसिन (एटिएम) प्रविधिमा आधारित छ।”
प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई सहज, छिटो र प्रभावकारी बनाउने उद्देश्यले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले नेपालमै पहिलो पटक ग्रेन एटिएम (अन्न वितरक मेसिन) सञ्चालनमा ल्याएको प्रमुख बुढाले जानकारी दिए। यस प्रकारका मेसिनमध्ये एउटा काठमाडौँस्थित कम्पनीको केन्द्रीय कार्यालयमा र अर्को सुर्खेतमा जडान गरिएको छ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया