प्रधानमन्त्रीको शुभकामना : वानखेडेमा नेपाली राष्ट्रिय धुन बज्ने विश्वास
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तेस्रो पटक टी–२० विश्वकप क्रिकेट खेलिरहेको नेपाली टोलीलाई शुभकामना दिएकी छन् । आइतबार बिहान फेसबुकमार्फत प्रधानमन्त्री कार्कीले नेपाली टोली विश्वकप खेल्न लागेकामा खुसी व्यक्त गर्दै शुभकामना दिएकी हुन् ।
‘आज मुम्बईको वानखेडे स्टेडियममा हाम्रो राष्ट्रिय धुन गुञ्जिनेछ र त्यो विश्वले सुन्नेछ,’ प्रधानमन्त्री कार्कीले लेखेकी छन्, ‘कप्तान रोहित पौडेलको टोलीले देखाउनेछ-नेपालको आत्मविश्वास, एकता र सामूहिकताको बेजोड प्रस्तुति ।’
तेस्रोपटक विश्वकप खेलिरहेको नेपालसँग संसारभर फैलिएका प्रशंसकको साथ र विगतमा गरेका चमत्कार तथा सफलताको आड रहेको प्रधानमन्त्री कार्कीले बताएकी छन् । ‘इंग्ल्यान्डसँगको आजको ऐतिहासिक भेटअघि सिंगो राष्ट्रका तर्फबाट शुभकामना । विजयी भवः, अनि धेरै माया पनि,’ प्रधानमन्त्री कार्कीले लेखेकी छन् ।
विश्वकपअन्तर्गत नेपालले आज आफ्नो पहिलो खेल मुम्बईको वानखेडे क्रिकेट रंगशालामा दिउँसो ३ः१५ बजेबाट इंग्ल्यान्डसँग खेल्नेछ ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया