अभिनेता थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि
काठमाडौँ । अभिनेता सुनिल थापाको पार्थिव शरीर आइतबार अपराह्न पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
अन्त्येष्टिमा मन्त्री, कलाकार, आफन्त तथा हजारौँ शुभेच्छुकको उल्लेख्य उपस्थिति थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाले थापाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए भने चलचित्र कलाकार संघको झण्डासमेत ओढाइएको थियो।
नेपाल प्रहरी प्रमुखदेखि कलाकार नीर शाह, शम्भुजीत बासकोटा लगायतले आर्यघाटमा उपस्थित भई अन्तिम श्रद्धाञ्जली अर्पण गरे। थापाका छोराले दागबत्ती दिएका थिए। उनका श्रीमती, एक छोरा र एक छोरी छन्।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया