सर्वोच्चले भन्यो– सवारीसाधनको इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा नै प्रयोग गर्नू
काठमाडौं । सवारी साधनको इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले यससम्बन्धी रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै यस्तो आदेश गरेको हो ।
आदेशमा अंग्रेजी भाषाको प्रयोग तत्कालका लागि रोक्न र यस विषयमा आवश्यक कानूनी आधार तथा औचित्य प्रस्तुत गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।
सवारीसाधनको इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा अनिवार्य गरिएपछि अधिवक्ता रामबहादुर राउत मातृदासले नेपालको संवैधानिक व्यवस्था तथा सरकारी कामकाजको भाषासम्बन्धी प्रावधानविपरीत निर्णय गरिएको जिकिर गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ मन्त्रालय, लुम्बिनी प्रदेश सरकारको उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग र डेकाटुर टाइगर कम्पनी नेपाललाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।
अदालतको अन्तरिम आदेशसँगै इम्बोस्ड नम्बरमा अंग्रेजी भाषा प्रयोग गर्नु नपर्ने भएको छ । तर कतिपय सेवाग्राहीले सरकारको निर्णयअनुसार यसअघि नै अंग्रेजी भाषा प्रयोग भएको इम्बोस्ड नम्बर लिइसकेका छन् ।अदालतको आदेशसँगै इम्बोस्ड नम्बर लिइसकेका सेवाग्राही भने दोहोरो झम्भारमा पर्ने स्थिति बनेको छ ।
प्रशिक्षार्थी
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया