बंगलादेशमा मतदान सुरु : अवामी लिगमाथिको प्रतिबन्ध
काठमाडौं । पूर्वप्रधानमन्त्री शेख हसिना सत्ताच्यूत भएपछि पहिलो पटक बंगलादेशमा निर्वाचन हुँदैछ । नयाँ सरकार गठनका लागि सुरू भएको मतदान अपराह्न साढे ४ बजेसम्म जारी रहने छ ।
१२ करोडभन्दा बढी बंगलादेशी नागरिक मतदानमा भाग लिँदै छन् । सन् २०२४ मा भएको विद्यार्थी आन्दोलनले पूर्वप्रधानमन्त्री हसिनालाई सत्ताबाट हटाएका थियो ।
हसिना देश छोडेर भागेपछि बंगलादेशमा नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो ।
आन्दोलनका क्रममा झण्डै १४ सय प्रदर्शनकारीहरूको मृत्यु भएको थियो । गत नोभेम्बरमा बंगलादेशको एक अदालतले मानवताविरूद्धको अपराध मामिलामा पूर्वप्रधनमन्त्री हसिनालाई मृत्युदण्डको सजाय सुनाएको थियो ।
उनको पार्टी अवामी लिगमाथि निर्वाचनमा भाग लिन प्रतिबन्ध लगाइएको छ । निर्वाचनमा बंगलादेश नेशनलिस्ट पार्टी र इस्लामी दल जमात–ए–इस्लामीबीच प्रतिष्पर्धा छ ।
जमात–ए–इस्लामीले विद्यार्थी आन्दोलनबाट उदाएको एक पार्टीसँग गठबन्धन गरेकोछ ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया