पशुपतिक्षेत्रमा ३२ सय प्रहरी परिचालन
काठमाडौँ । पशुपतिनाथ क्षेत्रमा घुइँचो लागेका दर्शनार्थीको भिड व्यवस्थापनका लागि प्रहरीले ३ हजार २ सय जनशक्ति परिचालन गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी रमेश थापाका अनुसार भक्तजनहरुको सुरक्षालाई प्रहरी परिचालन गरिएको हो ।
ट्राफिक प्रहरीले पशुपतिनाथ क्षेत्रमा प्रमुख सडकमा विहानै देखि डाइभर्सन गरेको छ । दर्शनार्थीले तोकिएका स्थानमा पार्किङ गर्नुपर्ने र त्यसका लागि ड्युटीमा खटिएका ट्राफिकले आवश्यक सहजीकरण गर्ने ट्राफिक प्रमुख एसएसपी नवराज अधिकारीले बताए ।
शिवरात्रि मनाउन आज बिहानैदेखि पशुपतिनाथ क्षेत्रमा दर्शनार्थीको घुइँचो लागेको छ ।
आराध्यदेव भगवान् पशुपतिनाथमा अहिले दर्शनार्थीसहित साधुसन्तहरूको चहलपहल बढेको छ । मन्दिर परिसरमा बाबाहरूले धुनी बालेर बस्न सुरु गरेका छन् भने पशुपतिनाथको दर्शनका लागि आएका भक्तजनको उल्लेख्य सहभागिता छ । देशका विभिन्न स्थानबाट साधु, सन्त, महन्त तथा नाङ्गा बाबा समेत आएका छन् ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया