वेस्ट इन्डिजसँगको खेलका लागि नेपाली समर्थक विहानैदेखि वानखेडेमा
मुम्बई। आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को आफ्नो तेस्रो खेलमा नेपालले आज वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दैछ। खेल बिहान ११:१५ बजे मुम्बईस्थित वानखेडे स्टेडियममा सुरु हुनेछ।
खेल सुरु हुनुभन्दा करिब तीन घण्टा अगावै नेपाली समर्थकहरू स्टेडियमबाहिर उपस्थित भएका छन्। बिहानैदेखि मरिन ड्राइभ क्षेत्रमा नेपाली झण्डा, टोलीका जर्सी र बाजागाजासहित समर्थकहरूको बाक्लो उपस्थिति देखिएको छ। “नेपाल-नेपाल”को नारासँगै उनीहरूले खेलाडीलाई हौसला प्रदान गरिरहेका छन्।
समूह चरणमा अगाडि बढ्नका लागि नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ। अघिल्ला खेलहरूको नतिजापछि अंक तालिकामा प्रतिस्पर्धा कडा बनेको छ, जसका कारण वेस्ट इन्डिजविरुद्धको खेल नेपालका लागि निर्णायक मानिएको छ।
नेपाली टोली उच्च मनोबलका साथ मैदान उत्रने तयारीमा छ भने समर्थकहरूको उत्साहले मुम्बईको माहोल नै नेपालीमय बनेको छ। खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया