बंगलादेशका नयाँ प्रधानमन्त्री तारिक रहमानले आज शपथ लिँदै
काठमाडौं । विद्यार्थी आन्दोलनको १६ महिनापछि बंगलादेशले आज (मंगलबार) जननिर्वाचित सरकार पाउने भएको छ ।लामो समयसम्म पूर्वप्रधानमन्त्रीद्वय शेख हसिना र खालिदा जियाका विचार र प्रभावको वरिपरि घुमिरहेको बंगलादेशले ३५ वर्षपछि तारिक रहमानका रूपमा नयाँ प्रधानमन्त्री पाउँदै छ ।
बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमान बंगलादेशमा प्रधानमन्त्री नियुक्त हुँदैछन् ।
नोवेल पुरस्कार विजेता मोहम्मद युनुस नेतृत्तको अन्तरिम सरकार १६ महिना पछि निर्वाचित सरकारलाई सत्ता सुम्पिदै छ । अन्तरिम सरकारका मुख्य सल्लाहकार युनुसले सोमवार राति आफ्नो विदाई भाषणमा पद छोड्ने घोषणा गरेका थिए ।
१२ फेब्रुअरी मा भएको आमनिर्वाचनमा बीएनपी गठबन्धनले २१२ सिट जितेर दुईतिहाइ बहुमत हासिल गरेको थियो । यस्तै जमात–ए–इस्लामी गठबन्धनले ७७ सिट जितेको छ ।
बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले प्रधानमन्त्रीका रूपमा अध्यक्ष तारिक रहमानले शपथ लिने बताएको छ । बीबीसीका अनुसार प्रधानमन्त्री र मन्त्रिपरिषद् सदस्यहरूको शपथ ग्रहण समारोह अपराह्न ४ बजेका लागि तय गरिएको छ ।
बंगलादेशमा आर्ज संसद सदस्यहरूको शपथ ग्रहण समारोह पनि आयोजना हुँदैछ । बीबीसीका अनुसार मुख्य निर्वाचन आयुक्तले मंगलवार बिहान १० बजे संसद् भवनको साउथ प्लाजामा नव निर्वाचित संसद सदस्यलाई शपथ गराउँदै छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया