शुक्लाफाँटा निकुञ्जबाहिर पाटेबाघ, स्थानीय त्रसित
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५, गर्जमुनि क्षेत्रमा पटक–पटक पाटेबाघ देखिएपछि स्थानीय त्रसित भएका छन् भने प्रशासनले सबैलाई सतर्क रहन आग्रह गरेको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएका पाटेबाघ बस्तीमा पसेर घरपालुवा चौपाया मार्न थालेपछि स्थानीय भयभीत छन् । त्रिशक्ति उपभोक्ता समितिले पनि स्थानीयलाई सचेत रहन आग्रह गरेको छ ।
बाघ बस्तीमा आउन थालेपछि निकुञ्ज वरपरका स्थानीयलाई राति हिँड्डुल नगर्न, हिँड्नै परेमा समूहमा पर्याप्त उज्यालो (टर्च लाइट) लिएर मात्र निस्कन र घरगोठ वरपरका झाडी तथा बुट्यानहरू सफा राख्न अनुरोध गरिएको समितिका अध्यक्ष दमनबहादुर चन्दले बताए ।
“निकुञ्जको सीमा क्षेत्रमा पर्ने खेतबारीमा काम गर्न जाँदा, दाउरा–घाँस काट्न वा पशुचौपाया चराउन जाँदा एक्लै नजान र समूहमा रहेर मात्र काम गर्न सचेत गराएका छौँ,” उनले भने, “कतै बाघ देखिएमा वा बाघले चौपाया मारेको थाहा पाएमा निकुञ्ज प्रशासन, नेपाली सेना, नगरपालिका वा वडा कार्यालयमा खबर गर्न आग्रह गरेका छौँ ।”
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया