निर्वाचन प्रचारमा धातु वा काठबाट बनेका चिह्न प्रयोग नगर्न आयोगको आग्रह
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन प्रचार-प्रसारका क्रममा सुरक्षा जोखिम हुन सक्ने भौतिक संरचनाका चुनाव चिन्ह प्रयोग नगर्न राजनीतिक दल तथा उम्मेदवारलाई निर्देशन दिएको छ। आयोगले धातु, काठ वा यस्तै प्रकृतिका कडा सामग्रीबाट तयार गरिएका चिन्ह प्रयोग गर्दा सार्वजनिक सुरक्षामा असर पर्न सक्ने भन्दै त्यस्ता सामग्री प्रयोग नगर्न स्पष्ट पारेको हो।
आयोगका अनुसार कपडा, कागज, फ्लेक्स, तुल वा अन्य हल्का सामग्रीमा छपाइ वा प्रिन्ट गरी तोकिएको मापदण्डअनुसार चुनाव चिन्हको प्रचार गर्न भने अनुमति रहनेछ। यस सम्बन्धमा निर्वाचन आचारसंहिता, २०८२ मा उल्लेखित प्रावधानअनुसार दलको झण्डा तथा चुनाव चिन्ह प्रयोग गर्नुपर्ने व्यवस्था रहेको जनाइएको छ।
निर्देशन विपरीत गतिविधि भएको पाइएमा आचारसंहिता उल्लङ्घन मानिने आयोगले उल्लेख गर्दै सम्बन्धित सबै पक्षलाई निर्धारित मापदण्ड पालना गर्न आग्रह गरेको छ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया