दक्षिणी अफ्रिकामा उष्ण कटिबन्धीय आँधी, ७० को मृत्यु
काठमाडौं – दक्षिणी अफ्रिकी तीन मुलुकमा आएको आँधीका कारण मृत्यु हुनेको संख्या बिहीबार ७० पुगेको छ । मुसलधारे वर्षाले गर्दा उष्ण कटिबन्धीय आँधी ‘आना’ सोमबार मोजाम्बिक र मलावीमा अवतरण हुनु पहिले मदागास्करमा आएको थियो ।
तीन देशका उद्धारकर्मी तथा अधिकारीहरूले अझै पनि क्षतिको पूर्ण मूल्यांकन गर्न कठिनाइ भइरहेको बताएका छन् । यो आँधीका कारण मदागास्करमा ४१ जनाको मृत्यु भएको छ भने १८ जना मोजाम्बिक नागरिक रहेका छन् । त्यस्तै आँधीका कारण मलावीमा ११ जनाको मृत्यु भएको छ ।
जिम्बाबेमा आएको आँधीका प्रभावहरू बिस्तारै हट्दै गएका छन् । त्यहाँ कोही मृत्यु भएको खबर आएको छैन ।
प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८, ०७:२०:००
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया