११ हजारले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?
काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ११ हजार रुपैयाँले घटेर ३ लाख १७ हजार ६ सय रुपैयाँ कायम भएको छ। मंगलबार भने सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला २७५ रुपैयाँले घटेर ५ हजार ५ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारको उतारचढाव तथा विनिमय दरमा हुने परिवर्तनका कारण स्थानीय बजारमा सुनचाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुने गरेको व्यवसायीहरू बताउँछन्।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया